परिचय

कर्णाली प्रदेश भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो र जनसङ्ख्याको हिसाबले सानो प्रदेश हो। यसको क्षेत्रफल २७९८४ वर्गकिलोमिटर रहेको छ । यो प्रदेशको पूर्वमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, दक्षिणमा लुम्बिनी प्रदेश, पश्चिममा सुदुरपश्चिम प्रदेश र उत्तरमा चिनको तिब्बत पर्दछ । यस प्रदेशमा १० ओटा जिल्ला, २५ नगरपालिका ५४ गाउँपालिका र ७१८ वडाहरु रहेका छन्। कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ कालागाउँमा प्रदेश अस्पताल, सुर्खेत अवस्थित रहेको छ।

२०३० सालमा तत्कालिन हेल्थ सेन्टरबाट स्तरोन्नती भई १५ शैय्याको जिल्ला अस्पताल सुर्खेतको रुपमा सञ्चालित अस्पताललाई स्तरोन्नती गरी ५० शैय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको मिति २०६२ फागुन ७ गतेदेखि मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र कालागाउँ, सुर्खेतको भवनमा सञ्चालन गरिएको थियो । क्षेत्रीय अस्पतालमा बिशेषज्ञ चिकित्सक सहित ८१ जनाको स्वीकृत दरबन्दि भएता पनि २/४ जना बिशेषज्ञ चिकित्सक बाहेक थप चिकित्सकहरु हाजिर नभएको कारणले बिरामीलाई थप उपचारका लागि अन्यत्र अस्पतालमा प्रेषण गर्नुपर्ने बाध्यता रहेको थियो । क्षेत्रीय अस्पतालको लागि तोकिएको स्थानमा २०६३/०६४ मा ५० शैय्या क्षमताको अस्पतालको लागत अनुमान तयार भएता पनि अन्तमा चरणबद्ध रुपमा भवन निर्माण गर्ने क्रममा अस्पतालको भुई तलाको टेण्डर भई निर्माण कार्य सुरु गरिएको थियो। तालिम केन्द्रको भवनमा अस्पताल सञ्चालन गर्न कठिनाई भएकाले नेपाल सरकार र अस्पताल विकास समितिको स्रोतबाट २ वटा प्रिफ्याव भवन निर्माण गरी प्रसुति कक्ष र आई.सि.यु./एन.आई.सि.यु . वार्ड स्थानिय समाजसेवी स्व. नन्दबहादुर कार्कीज्यूको स्मृतीमा उहाँको परिवारजनको सहयोगमा ४ सैय्याको आई.सि.यु. सेवा २०७४ साल श्रावणदेखि सञ्चालन गरिएको थियो । निमित्त मे.सु डा. डम्बर खड्का ज्यूको पहलमा तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय गगन थापा ज्यू बाट जेष्ठको अन्तमा मर्मतका लागि रु. १ करोड बजेट बिनियोजन भएकोमा १ महिना भित्रमा पुरा अस्पताल भवन, क्वाटरको भुईमा टायल, ग्रेर्नाइट संगै रंग रोगन गरी पुरानो भवनहरुलाई जीर्णोद्धार गरिएको थियो । अस्पतालको नयाँ भवनको भुई तलाको निर्माण कार्य सम्पन्न भई अस्पताललाई हस्तान्तरण भए पश्चात उक्त भवन तत्कालिन सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा वली ज्यूवाट २०७३ जेष्ठ २५ गते समुद्घाटनभएको थियो । सोहि अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्री थम्वराज थानी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्का ज्यूबाट अस्पतालको स्तरोन्नतीका साथै तला थपको लागि बजेट ब्यबस्था गरिदिन माग प्रस्तुत गरिएको थियो । समुद्घाटन पश्चात अस्पतालको ओ.पि.डी. र प्रयोगशाला लगाएतका सेवा नयाँ भवनबाट प्रदान गर्न सुरुवात गरिएको थियो । प्रधानमन्त्री ज्यूबाट बजेटको ब्यबस्था गरी सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेत मार्फत तला थपको टेण्डर भई निर्माण कार्य सम्पन्न भएको र हाल अस्पतालको सम्पूर्ण सेवाहरु नयाँ भवनबाट प्रदान गरिदै आएको छ ।

देशको पुनर्संरचना भई संघीयता लागु भए पश्चात कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालनमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण भई कर्णाली प्रदेश सरकारको निर्णयानुसार मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतको नाम परिवर्तन गरि मिति २०७५ कार्तिक १३ गतेदेखि प्रदेश अस्पताल सुर्खेतको नामबाट सञ्चालन हुदै आएको छ । हाल अस्पताल १५० शैय्याका लागि दरवन्दी स्वीकृत भएतापनि बिरामीको चापका कारण विभिन्न श्रोत वाट जनशक्ति व्यवस्थापन गरी ३०० शैय्या सञ्चालन गरिएको छ । प्रदेश सरकारले यस अस्पताललाई बिशेष प्राथमिकतामा राखेको र सोहिअनुसार अस्पतालले पनि विशिष्टकृत तथा बिशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । आ.व. ०७८/०७९ मा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ३ टेस्ला ६४ च्यानलको अत्याधुनिक MRI मेसिन सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै ब्लड बैंक सञ्चालन गरेको छ भने Sero Positive विरामीहरुलाई डाईलासिस सेवा सुरु गरेको छ । आ.व. ०८१/०८२ मा अस्पतालकै वजेटबाट Cath Lab र CT scan को खरिद गरी सञ्चालनमा आउदै छ।

Back to life Germany ले आवश्यक तालिम र उपकरण सहयोग गरे पश्चात मुटुरोग विभाग सञ्चालन गरिएको छ । अस्पताको आफ्नै क्यान्टिन र Cafe सञ्चालनमा आएका छन् भने Birthing Unit संचालन गरिएको छ । आ.व. ०८१/०८२ मा क्यान्सर रोगको विभाग र पोलिएका विरामीहरुका लागि पनि Burn Unit स्थापना गरी सेवा प्रदान गर्ने योजना रहेको छ । आ.व. ०८१/०८२ मा तला थप निर्माण कार्य सम्पन्न भइ थप ६ वटा अत्याधुनिक ओटिहरु, १५ विभागका लागि Paying Clinic गरी ५०० बेड पुग्नेछ र ०८१/०८२ मै विरामी कुरुवा घर र Prosthetic & Orthotics workshop भवन निर्माण भई सञ्चालनमा आउनेछ । UNOPS ले  Donate गरेको २ वटा सहित ३ वटा अक्सिजन प्लान्ट सञ्चालन गरी विरामीहरुलाई पाईपलाईन बाट अक्सिजन प्रदान गर्दै आइरहेको छ र ०८१/०८२ मै नयाँ निर्माण भवनको छतमा हेलीप्याड सञ्चालनमा आउनेछ । आगामी वर्षमा OPD Block र बाल अस्पताल निर्माणका लागि प्रदेश सरकारसंग अनुरोध गरी भवन निर्माण सुरु गर्ने योजना रहेको छ ।